जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक
बेलायती लेखक एम. जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’का लागि ‘बुकर प्राइज’ जितेका छन्।
योसँगै ८१ वर्षीय ह्यारिसन यो पुरस्कार जित्ने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्।
सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार राशि प्रदान गरिएको छ।
ह्यारिसन लगभग ६० वर्षदेखि लेखिरहेका छन् र उनका प्रशंसकको एउटा खास वर्ग छ।
‘द एन्ड अफ एभ्रिथिङ’ एउटा यस्तो संसारको कथा हो, जहाँ एउटा रहस्यमय प्रकोपपछि ब्रिटिस समाज पूर्ण रूपमा रूपान्तरण हुन्छ।
उपन्यासबारे पाठकका धारणा विभाजित छन्।
एक समीक्षकले यसलाई एक समीक्षकले यसलाई ‘उदासीपूर्ण तर उत्कृष्ट’ तथा ‘स्वप्निल र अन्योलपूर्ण’ भनेका छन्।
बुकर पुरस्कार निर्णायक मण्डलकी अध्यक्ष डेम मेरी बियर्डले भनिन्, ‘उपन्यास पढ्न चुनौतीपूर्ण छ, तर महान् साहित्यको एक अंश यस्तो पनि हुन्छ।’
उनले थपिन् ‘पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण र मुस्कुराउने कारण दिन्छ। कथाको विषयवस्तुका बाबजुद यसले पाठकको मनमा आशाको किरण छाड्छ।’






प्रतिक्रिया दिनुहोस्