चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

 अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने बताएका छन्।

ट्रम्पको बदलिँदो अभिव्यक्तिका बीच अमेरिकामा दक्षिण एसियाली मूलका आप्रवासीमाथि जातीय तथा धार्मिक घृणा बढिरहेको तथ्य सार्वजनिक भएको छ। नोभेम्बर ७ मा सिएटलमा आयोजित दीपावली कार्यक्रममा दक्षिण एसियाली र कुनै धार्मिक समुदायलाई लक्षित गर्दै देशनिकालाको मागसहितका नाराबाजी र प्रदर्शन भयो।

frontline

त्यस घटनाले आप्रवासनसम्बन्धी राजनीतिक बहस अब कानुनी हैसियतको प्रश्नमा मात्रै सीमित नरही जातीय तथा धार्मिक पहिचानसँग पनि जोडिन थालेको देखाएको छ।

अमेरिकाको मध्यावधि निर्वाचनमा आप्रवासन नीति रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक बनेको विश्लेषण भइरहेको छ। निर्वाचनपछि प्रसारित सीबीएसको कार्यक्रम ‘६० मिनेट्स’ मा ट्रम्पले आफ्नो प्रशासनको देशनिकाला नीति मतदाताका लागि धेरै कडा भएको स्वीकार गरेका थिए। तर सोमबार उनले आममाफी नदिने र आफ्नो नीति नबदलिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here