सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् ।

आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् ।

frontline

६ वर्षअघि सम्झौता भएर निर्माण सुरु भएको भवन पूर्ण हुन सकेको छैन । सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने सेतिदोभान र आरुचौरका भवनको काम आधा हाराहारी मात्रै भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको धनुबाँसेको भवनमा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार निर्माण प्रभावित भएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here