६० फिटमुनिबाट जीवन फर्काउँदाका ती कठिन १३ दिन

पद् पूर्वसूचना दिएर आउँदैन । जब भदौ १० मा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी र पहिरोले वितण्डा मच्चायो, तब सिङ्गो भूगोल नै अस्तव्यस्त बन्यो । विपद् व्यवस्थापन (डीएम)को विशेष तालिम लिएका कारण हामी खोज तथा उद्धारमा शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा जस्तोसुकै कठिन परिस्थितिमा पनि खटिन तयार नै हुन्छौँ । भदौ १० मा भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको बाढीपछि जब हामी फिल्डमा उत्रियौँ, त्यहाँको धरातलीय यथार्थ हामीले सोचेभन्दा बिल्कुलै भिन्न र अकल्पनीय थियो ।

सिनामंगलस्थित नम्बर–२० विपद् तथा उद्धार गणबाट तामिल प्राप्त सीएसएसआर टिम लिएर म नुवाकोट गएँ । भत्केको संरचनामा भित्र छिरेर पिल्लर र ढलान काटेर उद्धार गर्ने टिमलाई सीएसएसआर टोली भनिन्छ । हामी बाढी प्रभावित क्षेत्रमा १३ दिन बस्यौँ । भोटेकोशी र त्रिशूली जलाधार क्षेत्रमा बाढी आएको खबर पाउनासाथ हाम्रो गणको डीएम स्ट्याण्डबाईको पहिलो टोली हेलिकोप्टरमार्फत १ घण्टाभित्र रसुवामा पुगेर काम गर्न थालेको थियो । सो टिमको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीले गरेका थिए । सो टोलीले रसुवामा एक जना बालिकालाई सकुशल उद्धार गरेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here