तिहारमा फूलको कारोबार : उत्पादन बढे पनि आयातमा निर्भरता उस्तै

काठमाडौं : तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ।

अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली फूलमा आत्मनिर्भरता रहे पनि काठमाडौंमा फूल बिक्री गर्ने स्थानकै टुंगो नलाग्दा बजार व्यवस्थापनमा अन्योल छ। स्वदेशी उत्पादनले मागको ठूलो हिस्सा धान्न सक्ने अवस्था रहे पनि समयमै बजार व्यवस्थापन र बिक्रीस्थलको व्यवस्था गर्न नसके अभाव तथा मूल्यवृद्धि दोहोरिन सक्ने जोखिम कायमै छ।

frontline

नेपालमा पुष्प व्यवसायको क्षेत्र र कारोबार निरन्तर विस्तार भइरहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा हाल ५४ जिल्लामा ३ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ। नर्सरी, कट फ्लावर, थोक तथा खुद्रा बिक्री, लुज फ्लावर उत्पादन र कृषि सामग्री आपूर्तिसहित एक हजार ४ सय ४५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन्। पुष्प व्यवसायमा हाल ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५ सयभन्दा बढीले रोजगारी पाएको संस्थाको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here