बुढीगण्डकीमाथि फड्के निर्माण, हुलचुकका बासिन्दालाई आवतजावतमा सहज

गोरखा : बुढीगण्डकी नदीमा बाढीका कारण नाकाबन्दीको अवस्थामा गुज्रिरहेका धार्चे गाउँपालिका वडा नं.१ हुल्चुकका बासिन्दा त्यो अवस्थाबाट मुक्त भएका छन्। गत असोज २५ गते बूढीगण्डकीमा आएको भीषण बाढीपछि मुख्य पदमार्गसँग सम्बन्ध विच्छेद भएका स्थानीय दुई सय घरधुरीका बासिन्दा सोमबार काठेपुल(फड्के) बनेपछि आवतजावत गर्न थालेका हुन् ।

धार्चे वडा नं. १ हुल्चुक र धार्चे ३ उहिया खोत्राङ जोड्ने गरी फड्के बनाएर अस्थायी रुपमा आवतजावत सहज बनाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । बाढीले त्यहाँको दोभान खोला जलविद्युत आयोजनाले हालसालै निर्माण गरेको बेलिब्रिज तथा नजिकै रहेको झोलुङ्गे पुल बगाएको थियो । १५ दिनसम्म नाकाबन्दीको अवस्थामा गुज्रिरहेका उनीहरु पुल बनेपछि हर्षित भएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए । 

frontline

गाउँपालिकाको विपद् कोषबाट खर्च ब्यहोर्ने गरी स्थानीयले काठेपुल निर्माण गरेका हुन् । पुल बगाएपछि हुल्चुक, खोत्राङ, उहिया लगायतका बस्तीका दुईसय घरधुरी बासिन्दालाई आवतजावतमा निकै सास्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here