मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो। 

frontline

चितवन राइनोजका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि देव खनालसँग ५८ रनको साझेदारी बनाएका थिए। देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए। वान डाउनमा आएका अर्जुन साउद ३ रनमा क्याच भए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here