बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालतर्फ : बिहीबारदेखि शनिबारसम्म सतर्कता अपनाउन आग्रह
विगत २४ घण्टामा देशभर कतै पनि वर्षा नभएको र मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। हाल बङ्गालको खाडीको मध्य भू-भागमा रहेको न्यूनचापीय प्रणाली बिस्तारै पश्चिम तथा उत्तर-पश्चिम दिशातर्फ सरिरहेको छ। भारतका भू-भाग हुँदै अघि बढ्ने क्रममा यस प्रणालीले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा तानेर नेपालतर्फ पठाउने भएकाले त्यसको प्रत्यक्ष प्रभाव यहाँको मौसममा पर्न थाल्नेछ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा नै रहनेछ र कुनै मौसमी चेतावनी जारी गरिएको छैन। बुधबारदेखि भने हिमाली र पहाडी भू-भागमा आंशिक बदली सुरु हुनेछ।
बुधबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ






प्रतिक्रिया दिनुहोस्