शिक्षा क्षेत्र सुधारका लागि विश्व बैंकले ७ अर्ब रकम सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि ७ अर्ब बढी रकम सहयोग गर्ने भएको छ ।

बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो ।

frontline

उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो ।

नेपालको शिक्षा क्षेत्र समयअनुसार सुधार गरी श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गरिएको बैंकले जनाएको छ ।

यसबाट नेपालमा कोभिडपछिको आर्थिक पुनरउत्थानमा सघाउ पुग्ने बैंकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here