स्पेनमा दुई उच्चगतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु
काठ्माण्डौँ : स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई उच्चगतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनापछि स्पेनमा सन् २०१३ यताकै गम्भीर रेल दुर्घटना भएको बिबिसिले जनाएको छ ।
रेल सञ्चालक कम्पनी इरियोका अनुसार आफ्नो रेललाई रेन्फे कम्पनीको रेलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेका दुवै रेलमा ५०० भन्दा बढी यात्रु सवार थिए ।
स्पेनका यातायातमन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबीका कारण रेलहरू रोकिएपछि नियन्त्रण केन्द्रबाट भएको निर्णयलाई दुर्घटनाको कारणसँग जोडेर बताएका छन् । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।
दुर्घटनास्थल पुगेका प्रधानमन्त्री पेद्रो सान्चेजले देश शोकमा रहेको बताएका छन् । घटनापछि स्पेनका प्रमुख राजनीतिक दलहरूले आमनिर्वाचनको प्रचारप्रसारसमेत स्थगित गरेका छन् ।
दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थलको अवस्था भयावह र अस्तव्यस्त रहेको बताएका छन् । रेलमा यात्रा गरिरहेका एक स्पेनी पत्रकारले घटनालाई अत्यन्तै पीडादायी र अराजक अवस्थाका रूपमा वर्णन गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्