किसानलाई कृषि उपज ढुवानीका लागि तुइनको भर

रसुवा : लेन्दे नदी हुँदै भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुल नहुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसानहरू तुइनकै भर पर्न बाध्य भएका छन्।

बाढीले पुल बगाएको दुई महिना बितिसक्दा पनि पुल नबन्दा करोडौँको तरकारी किसानकै बारीमा कुहिने अवस्था आएको छ। ‘तुइनबाट अलिअलि मात्र ढुवानी गरेर कहिले बजारमा पुर्‍याउने? पुल चाँडै निर्माण भए मात्र ढुवानी सहज हुन्छ,’स्थानीय आमाछोदिङ्मो गाउँपालिका–३ का किसान मार लामाले बताए।

frontline

पुल बन्ने लामो प्रतीक्षाका बीच आमाछोदिङ्मो गाउँपालिकाका किसानहरू आफ्नो मुख्य बाली ‘बन्दा’ (बन्दाकोबी) जोखिमपूर्ण तरिकाले तुइनबाट तारेर काठमाडौँलगायतका बजारमा लैजान बाध्य भएका छन्। बाढीले यातायात सम्पर्क विच्छेद गराएपछि स्थानीय किसानहरूले उत्पादन गरेको तरकारी खेतमै कुहिने वा उचित मूल्य नपाउने समस्या उत्पन्न भएको छ। वैकल्पिक मार्ग र पक्की पुलको अभावमा किसानहरू जोखिम मोलेरै भए पनि तुइनकै भरमा बन्दाकोबी नदी पार गराउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here