कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित छ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन् ।  आइतबार सामजिक सञ्जालमा नेता खड्काले लेखेका छन्,‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’

उनले देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन् । 

frontline

पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहेका बेला खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् ।

पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रियामा सहभागी नभएको जनाएका छन् । 


‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ,’ खड्काले लेखेका छन्, ‘यस्तो अ्वस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु ।’

महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएकाले दुई वटा महाधिवेशन हुने अवस्था आएको खड्काको भनाइ छ । 

अदालतमा विचाराधिन पुनरावलोकनको मुद्दालाई गम्भीरता रूपमा लिएर अग्राधिकारमा राख्ने प्रबन्ध गर्न खड्काले सर्वोच्चको ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि महाधिवेशन आयोजना गरेको छ भने असन्तुष्ट पक्षले मंसिरमा महाधिवेशन गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here