ड्रोन हमलापछि साउदीले बन्द गर्यो तेल पाइपलाइन
साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।
साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ।
साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो।
साउदी विदेश मन्त्रालयका अनुसार हमलामा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्