स्वास्थ्य चौकी सुधार गरेर अहिले अस्पताल स्थापना गरेका छौँ – दुर्गा ब पुन अध्यक्ष कपुरकोट गाउपालिका सल्यान
स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने हिजोको दिनमा हामी आउँदै गर्दा स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइराखेको थियो। त्यसलाई हामीले सुधार गरेर अहिले अस्पताल स्थापना गरेका छौँ पालिकाको, जो कि पालिकाकै आफ्नै इनिसियेशनमा आधारभूत अस्पताल सञ्चालन भाको छ। र जो एकैपटकमा धेरै आधारभूत अस्पतालको जो उद्घाटन गर्ने कामहरू भाको थियो, प्रधानमन्त्री केपी शर्मा ओली हुँदै गर्दा यहाँलाई पनि स्मरण होला। त्यतिखेर सुरुवात गरेका अधिक काम छ अस्पतालहरू अल्पतर अवस्थामा छन्।
देशभरिमा सम्पन्न भाको अस्पतालमा बीस वटामध्येमा कपुरकोट गाउँपालिका पनि पर्छ। कति बेडको? जो कि पन्ध्र सय्याको अस्पतालमा। त्यो हामी चाहिँ भवन निर्माण गरिसकेका छौँ र अब त्यसमा सुचारु गर्दैछौँ र त्यो भन्दा पहिले हामीले चाहिँ पाँच सय्याको आधारभूत अस्पताल भनेर सञ्चालन गरिसकेका छौँ अहिले। अवस्था त्यस्तो छ। र हामीले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर एक त्रैमासिक एक स्वास्थ्य शिविर कम्तीमा यो खालको ढङ्गले जानु पर्छ भनेर अहिले हामीले चाहिँ कहिले चाहिँ त्यो आँखाको शिविर, कहिले नाक, कान, घाँटीको शिविर, कहिले काहीँ चाहिँ यो महिलाहरूको चाहिँ यो पाठ्यक्रारसँग सम्बन्धित शिविरहरू यस्ता सञ्चालन गरेर नागरिकहरूलाई चाहिँ सेवा प्रवाह गर्ने गरेका छौँ। त्यो पनि विभिन्न ठाउँमा घुम्ती शिविरको रूपमा। कहिले काहीँ चाहिँ पालिकाको केन्द्रमाकहिले काहीँ चाहिँ अलि विकट वाडामा त्यसरी पनि लग्ने गरेका छौँ। त्यसै गरेर हामीले ज्येष्ठ नागरिकहरूको शालाहरूमा चाहिँ घरदैलोमा गएर चाहिँ स्वास्थ्य अवस्थाको जाँचबुझ गर्ने र सेवा प्रवाह गर्नेदेखि लिएर सुत्केरी आमा, दिदीबहिनीहरूलाई चाहिँ घरसम्मको एम्बुलेन्स सेवा सुविधा दिने र त्यो एएनसी, पीएनसी चेकअपको चाहिँ ratio बढाउने कामहरू चाहिँ गरेका छौँ। स्वास्थ्यमा चाहिँ यति ढङ्गले चाहिँ परिवर्तन गरेर लगेका छौँ। यहाँको स्वास्थ्य एक नम्बर हो। एक नम्बर, स्वास्थ्यमा






प्रतिक्रिया दिनुहोस्