स्वर्ण पदक पाएको मुसाको ८ वर्षको उमेरमा मृत्यु

२९ पुस, नोम पेन्ह ।  कम्वोडियामा स्वर्ण पदक पाएको एक मुसाको ८ वर्षको उमेरमा मृत्यु भएको छ।

कम्बोडियामा विस्फोटक पदार्थ पत्ता लगाएर वीरतापूर्ण कार्य गरेको उपलक्ष्यमा स्वर्ण पदक पाएको मागावा नामक मुसाको ८ वर्षको उमेरमा मृत्यु भएको हो।

frontline

मागावा मुसालाई प्रशिक्षण दिने अन्तर्राष्ट्रिय गैर नाफामुखी संस्था एपिओपिओले सो मुसाको मृत्युबारे जानकारी दिएको हो।

मागावाले कम्बोडियाको गृहयुद्धको समयमा जमिनमुनी विछ्याइएका १ सयभन्दा विस्फोटक पदार्थहरु र अन्य विस्फोटक पदार्थहरु सुघेर पत्ता लगाएको थियो।

सोही आधारमा ती विस्फोटक पदार्थहरु डिस्पोजल गरिएको थियो।

अफ्रिकन जायन्ट पाउच प्रजातिको सो मागावा तान्जानियामा जन्मिएको थियो।

तान्जानियामा एक वर्षसम्म प्रशिक्षण दिएपछि सो मुसालाई कम्बोडिया पुर्‍याइएको थियो।

सो मुसाले अनुसन्धान र खोजीमा तालिम प्राप्त मानिसभन्दा गतिलो काम गर्दै आएको बताइएको छ।

मानिसको जीवन बचाउनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सन् २०२० मा अपोपोले सो मुसालाई स्वर्ण पदक दिएको थियो।

सो मुसा गत वर्ष जुनमा आफ्नो सेवाबाट सेवानिर्वित्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here