मोगादिशुस्थित शक्तिशाली कार बम विस्फोट, ८ को मृत्यु, थुप्रै घाइते

फाइल तस्बिर

२९ पुस, मोगादिशु । सामोलियाको राजधानी मोगादिशुस्थित शक्तिशाली कार बम विस्फोट भएको छ।

मोगादिशुस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बुधबार दिउँसो शक्तिशाली बम विस्फोट भएको हो।

frontline

विस्फोटमा परी कम्तीमा ८ मानिसको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन्।

यद्यपि, घटनाको पूर्ण विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय मिडियामा समाचार छ।

आतंकवादी समूह अल कायदासँग जोडिएको अल शबाबले सो विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here