सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

सुनसरीको देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुवै गाउँपालिकाभर पाँच जनाभन्दा बढीको समूहमा हिँडडुल गर्न तथा भेला हुन रोक लगाइएको छ।

आइतबार राति साउने सोमबारको अवसरमा बोलबम यात्रामा सहभागी हिन्दु धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेपछि देवानगन्ज–३, कप्तानगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो। त्यसपछि दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड भएको थियो।

frontline

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गोली लागेर देवानगन्ज–३ का स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडपमा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।घटनापछि थप क्षति हुन नदिन सुनसरी र मोरङबाट थप प्रहरी परिचालन गरिएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाको चार किल्ला तोकी उक्त सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ।’ आदेशको उल्लघंन भएमा एक हजार रुपैया सम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने प्रशासनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here