सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

काठमाडौं । धनगढी सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् ।

frontline

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ ।

सरकार जोगिन आवश्यक पर्ने मत संख्या नपुगेमात्र मत दिने कांग्रेसले निर्णय गरेको छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here