सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार बजारमा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य गरेको आरोपमा देवदह नगरपालिका- ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत पक्राउ परेका हुन्।

frontline

गएराति १२:५ बजे दुवै जनालाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी चन्दले बताए। जिल्ला प्रहरी कार्यालय भैरहवाले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारवाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here