सवारी साधन व्यवस्थापन गर्न ट्राफिक सचेतना
गोदावरी ९ असोज ९रासस० ः चाडबार्डका बेला यहाँका यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
अन्य समयभन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्ष गर्दै यो कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिनुभयो ।
उहाँले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्नुभयो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम कँडेलले सवारी चालकलाई सावधानीपूर्वक सवारी साधान चलाउन लागि आग्रह गर्नुभयो ।
उहाँले चाडपर्वका बेला सम्भावित दुर्घटना हुन नदिन सवारी साधन चलाउनु अघि तिनको अवस्था जाँच गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारी साधनको अवस्था तथा यात्रुको चाप नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका उपायबारे बेलाबखत जानकारी गराउनुपर्नेमा सुझाएका थिए । –––






प्रतिक्रिया दिनुहोस्