रसुवामा भीषण बाढी, ठुलो क्षति

भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठुलो क्षति भएको जानकारी प्राप्त भएको सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बताएका छन्। 

साथै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको जानकारी पनि उनले दिएका छन्।

frontline

सञ्चारमन्त्री तिमिल्सिनाले भनेका छन्, ‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ। सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ। रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु। नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्नुहोस्। यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ।’

यस्तै अर्थमन्त्रीको सचिवालयले भनेको छ, ‘रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण केही घण्टाअघि ठूलो बाढी आएको खबर छ। भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र अर्थ मन्त्रालय प्रशशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय भइरहेको जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here