मुस्ताङको घरपझोङ गाउँपालिकाले ३९ करोडको बजेट सार्वजनिक 

मुस्ताङ/ मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष जमूना थापामगरले गाउँसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन ।

प्रस्तुत बजेटमा पुँजीगततर्फ ११ करोड ८६ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी रकम भने चालु खर्चका लागि छुट्टाइएको छ ।

frontline

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोततर्फ १ करोड २५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस्तै, गत वर्षको बैंक मौज्दात तथा दायित्व सर्ने र म्याद थप भएका योजनाहरूका लागि एकमुस्ठ ८ करोड रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष थापामगरले जानकारी दिइन् ।

बजेटमा सामाजिक क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । सामाजिक क्षेत्रका लागि १४ करोड रुपैयाँ छुट्टाइएको छ । संस्थागत विकास तथा प्रशासनिक खर्चका लागि १० करोड २० लाख रुपैयाँ, पूर्वाधार विकासमा ७ करोड ५० लाख रुपैयाँ, आर्थिक क्षेत्रका लागि ३ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वातावरण तथा विपद् व्यवस्थापनः १ करोड ८० लाख रुपैयाँ छुट्टाइएको छ ।

गाउँपालिकाले पर्यटन र वातावरणलाई लक्षित गरी नवीन योजनाहरू अघि सारेको छ । मार्फामा मार्फामा ९० लाख रुपैयाँको लागतमा इन्डोर खेलग्राम निर्माण गरिने बजेटमा उल्लेख छ । यस्तै, जोमसोममा ६० लाख रुपैयाँको लागतमा स्याउ आकारको खानेपानी ट्यांकी निर्माण गरिने भएको छ । सडक बत्ती विस्तार, नदी नियन्त्रण, सरसफाइ तथा धार्मिक एवं पर्यटक पार्क निर्माणा गरी मूर्तिकला व्यवस्थापनका लागिसमेत बजेटको व्यवस्था गरिएको छ ।

पर्यटन प्रवद्र्धनका लािग साइकल ¥याली आयोजना गर्ने, नमु लेकसम्म सडक बनाउने, छेमा ताल जाने मोटरसाइकल ट्रयाक र यारुझो भ्यु पोइन्ट जाने साइकल ट्रयाक निर्माण गर्नेजस्ता योजना पनि अघि सारिएको छ । यसका साथै, सबै ७५३ वटै स्थानीय सरकार प्रमुखहरूको सम्मेलन गर्नका लागि बजेट राखिएको छ ।

स्थानीय जनतासँगको साझेदारीमा विपद् व्यवस्थापन कोष खडा गरिने भएको छ ।

सञ्चारकर्मी, उद्यमी र कर्मचारी सम्मानित

गाउँसभाको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने सञ्चारकर्मी, उद्यमी, समाजसेवी र कर्मचारीहरूलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ ।

सम्मानित हुने पत्रकारहरूमा नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइली, सुशीलबाबु थकाली, नीरज थकाली, सुन्दर कुमार थकाली र भीम बहादुर रसाइली रहेका छन् । यस्तै, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेवीका मैनाकुमारी गुरुङ, मार्फा गुम्बाका लामा कर्मा हिराचन र परम्परागत कला संरक्षणमा योगदान पु¥याएबापत स्थानीय उद्यमी तिल बहादुर बि.क. सम्मानित भए ।

विद्यालय परिसर सफा राख्दै उत्कृष्ट सरसफाइ कार्यक्रम सञ्चालन गर्ने मार्फाको जनवाल माध्यमिक विद्यालय र सरसफाइ तथा पर्यटक सत्कारमा उत्कृष्ट कार्य गर्ने पुथाङ आमा समूह, जोमसोम महिला समूह, मिलिजुली टोल विकास संस्था जोमसोम र ठिनी आमा समूहलाई पनि सम्मान गरिएको छ । सामुदायिक विद्यालयका शिक्षकहरूमध्येबाट देवराज पाण्डे उत्कृष्ट भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here