मासु व्यवस्थापन भवन निर्माण कार्य अभियान-ईश्वरपुर नगरपालिका
सरल, स्वच्छ र सुरक्षित मासु व्यवस्थापनका लागि ईश्वरपुर नगरपालिकाले मासु व्यवस्थापन भवन निर्माण कार्य अगाडि बढाएको छ। यसबाट नगरवासीलाई गुणस्तरीय मासु उपलब्ध गराउने र जनस्वास्थ्यलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
यस भवन निर्माणसँगै नगरवासीलाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने, मासु व्यवसायलाई व्यवस्थित बनाउने तथा सरसफाइ र जनस्वास्थ्यलाई थप प्रभावकारी बनाउने हाम्रो उद्देश्य रहेको छ।
नगरपालिकाको समग्र विकाससँगै नागरिकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माण गर्ने अभियान निरन्तर अघि बढिरहेको छ।






प्रतिक्रिया दिनुहोस्