मलद्वारमा लुकाएर ल्याएको झण्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलमा लुकाएर ल्याइएको १ किलो ८०३.७७ ग्राम सुनसहित एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।
बुधबार बिहान हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत् काठमाडौं आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुवा वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो।
उनले प्लास्टिकले बेरेर मला लुकाई ल्याएका चारवटा गोलाकार अर्धठोस पदार्थ भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्