मन्दिरमा सुतेका युवा मृत फेला

शनिबार, विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ स्थित रामजानकी मन्दिरमा सुतेका एक युवा शुक्रबार राति मृत फेला परेका छन्।

मन्दिरको बरण्डामा सुतेका कटहरी–५ का ३० वर्षीय शिवरतन मुडियारीलाई राति १० बजेतिर मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

frontline

मन्दिरको बरण्डामा दिउँसो २ बजेतिर सुतेका उनी पुजारीले बोलाउँदा पनि नउठेपछि घटनाका बारेमा प्रहरीले जानकारी पाएको हो।

मुडियारीको मृत्युको कारण खुल्न बाँकी रहेको उनले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट मृत्यु शंकास्पद देखिएको छैन,’श्रेष्ठले भने, ‘घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ।’  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here