एमाले स्थायी कमिटी बैठक, ११ वर्षपछि वरिष्ठ उपाध्यक्ष बनेर भण्डारी सहभागी (तस्बिर)

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलमा जारी बैठकमा एमालेले केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ उपाध्यक्ष बनाएपछि पहिलोपटक बैठकमा सहभागी भएकी छन्। 

गत केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि आज पहिलो स्थायी कमिटी बैठक बसेको हो।

frontline

राष्ट्रपति हुन अगाडि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर स्वागत गरेका थिए।बैठक सुरु हुन अगाडि भण्डारीले अध्यक्ष ‌ओलीसमक्ष वरिष्ठ उपाध्यक्ष पदको सपथ आजै गरेकी हुन्।

राष्ट्रपति बनेर भण्डारी लामो समयपछि काम गरिसकेकी उनी पार्टीको सक्रिय राजनीतिमा फर्किएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here