भन्सार छली ल्याइएको मदिरा बरामद
काठमाडौं : नवलपरासी पश्चिमको भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा आज बिहान बरामद गरिएको छ । प्रहरी कार्यालयका अनुसार सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट भन्सार छली ल्याइएको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा आज बिहान करिब ३:४५ बजे बरामद गरिएको हो ।
भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा हरियो ठूलो झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा मदिरा फेला पारेको हो ।
बरामद रक्सीमा ७५० एमएलका ७४२ बोतल ‘OLD Monk’ रम रहेका छन् । प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले यसको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको छ । बरामद मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ ।






प्रतिक्रिया दिनुहोस्