केनले तोडे मेसीको कीर्तिमान

एजेन्सी  /लन्डन : इङ्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर हेरी केनले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको कीर्तिमान तोडेका छन्। युरोपेली च्याम्पियन्स लिग फुटबलमा ३० वर्षको उमेरपछि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै केनले मेसीलाई पछि पारेका हुन्।

केनले मंगलबार नर्वेजियन क्लब भाइकिङविरुद्ध दुई गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्। च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत भएको उक्त खेलमा बायर्न म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाए पनि अन्तिम समयमा गोल खाँदा ३–३ को बराबरीमा चित्त बुझाउनुपरेको थियो। तर, खेलको नतिजा बायर्नका लागि निराशाजनक रहे पनि केनका लागि व्यक्तिगत रूपमा ऐतिहासिक बन्यो। 

frontline

३३ वर्षीय केनले ३० वर्षको उमेर पार गरेपछि च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ३६ पुर्‍याएका छन्। उनले यो उपलब्धि केवल ४० खेलमा हासिल गरेका हुन्। यसअघि मेसीले ३० वर्षपछि च्याम्पियन्स लिगमा ४८ खेल खेल्दै ३५ गोल गरेका थिए। केनले मेसीभन्दा आठ खेल कम खेलेर एक गोल बढी गरेका छन्। बायर्न म्युनिखका लागि केनले गरेको पछिल्लो दुई गोलले उनको युरोपेली क्लब फुटबलमा प्रभावशाली प्रदर्शनलाई उजागर गरेको छ। सन् २०२३ मा टोटनहम छाडेर बायर्न पुगेयता उनले जर्मन क्लबको अग्रपंक्तिमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here