बाघझोरामा सुमो र स्कुटर दुर्घटनाका घाइते लामाको मृत्यु

हेटौंडा । शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ बाघझोरामा सुमो र स्कुटर दुर्घटनामा घाइते लामाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने १७ वर्षीय मौसम लामाको उपचारको क्रममा चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

frontline

लामाको उपचारको क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७९३१ नम्वरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ३–०३ प १३१९ नम्वरको स्कुटर भिमफेदी -१ बाघझोरामा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा लामा सहित स्कुटरमा सवार सोही ठाउँ बस्ने १८ बर्षीय सुशिल लोप्चन घाइते घाइते भएका थिए।लोप्चनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here