बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई

बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा चालु आर्थिक वर्षको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका वडा नं. ६ लहरेपिपलमा शुक्रबार सार्वजनिक सुुनुवाई गरिएको हो । उक्त अवसरमा नागरिक स्तरबाट उठेको सवालबारे नगरप्रमुख, बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रहासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, शिक्षा शाखाका प्रमुख धनप्रसाद पोखरेल लगायतले जवाफ दिएका थिए ।

frontline

कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भौतिक विकाससँगै सामाजिक विकासलाई नगरले प्राथमिकता दिएको बताए । उनले भौतिक विकास देखिने गरी भएको तर सामाजिक विकास देख्न घरघरमा पुग्नुपर्ने, महसुस गर्नुपर्ने र आम नागरिकले जीवन व्यवहारमा देखाउने विषय भएको बताए । नगरपालिकाले भौतिक विकासभन्दा सामाजिक विकासमा दोब्बर लगानी गरेको र त्यसको प्रतिफल पनि देखिएको बताए ।

सडक, खानेपानी र सिंचाइका योजनाहरु पूँजिगत खर्च र भौतिक रुपमा देखिएपनि स्वास्थ्य चौकीको गुणस्तर सुधार, बालमैत्री नगरपछि दिगो व्यवस्थापनका लागि भएका कार्यक्रम, कृषि क्षेत्रमा किसानले पाएको सहयोग र उनीहरुको आयआर्जनमा भएको सुधार, शिक्षाको गुणस्तरीय विकासमा भएका कामलाई सामाजिक विकासको रुपमा लिन उनले आग्रह गरे ।

उनले भौतिकको तुलनामा सामाजिक विकासलाई अझै बढी बढाएर लैजानुपर्ने आवस्यकता औल्याए । ‘मानिसको जीवनमा सुधार आएका विषयलाई सामाजिक विकासको रुपमा हेरेर काम गरेका छौं’ श्रेष्ठले भने, ‘आम नागरिकले जीवन जीउने कला र सीप जानेको र आयआर्जनमा सुधार आएको हुुनुपर्छ ।’ उनले आम नागरिकलाई सडक बनेपछि त्यो आयआर्जनमा जोडिनुपर्ने, विद्यालयको भवन बनेपछि बालबालिकाको गुणस्तरीय शिक्षा र स्वास्थ्य चौकी भवन बनेपछि सेवामा जोडिनुपर्ने बताए ।

वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सिर्जना पन्तको संचालनमा भएको कार्यक्रममा महासंघका कोषाध्यक्ष खेमराज गौतमले नागरिक सन्तुष्टी प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा सदस्य प्रकाश बरालले टिप्पणी गरेका थिए भने पत्रकार विनोद प्रतिक थापाले आचारसंहिता बाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय देव केसीले सडक नाली बनाउन आएको १ लाख ६० हजार खर्च गर्न नसकेर फ्रिज भएको, फोहोर व्यवस्थापन बजार केन्द्रीत भएको गुनासो गरे ।

अर्का सहभागि पूर्णबहादुर क्षेत्रीले सडक बनाएपनि घुम्तीहरु साँघुरो भएर पञ्चकोट जाने पर्यटकले सास्ती खेपेको गुनासो गरे । बालकृष्ण आचार्यले विद्यालयमा संस्थापकको विवाद भैरहेको बेला नगरपालिकाले बेवास्ता गरेको बताए ।

अर्का सहभागि जगन्नाथ सापकोटाले ‘एक घर एक धारा’ अभियान पुरा नभएको, कालीगण्डकीको लिफ्ट पानी असफल भएकोले वैकल्पिक श्रोत खोज्न सुझाए । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्काले जिज्ञाशाको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here