प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन

२८ असोज, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् ।

आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् ।

frontline

पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिलमा थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here