पहिलो पटक स्नातक पास गरेका बादी समुदायका बिधार्थीले गरे क्लब सुरु

श्रोत : ईन्टरनेट

८ पुस, काठमाडौं । नेपालका सिमान्तकृत बालबालिकाको शिक्षाको लागी निरन्तर कार्य गर्दै आइरहेको संस्था लाइटहाउस नेपालबाट उच्च शिक्षा प्राप्त गरी बिभिन्न क्षेत्रमा काम गरिरहेका पूर्वबिधार्थीहरुले क्लब सुरु गरेका छन् ।

हालसम्म ७०० बालबालिकालाई देशका विभिन्न क्षेत्रबाट ल्याई बिधार्थीहरुलाई होस्टल तथा उच्च शिक्षा दिदै आएको संस्थाबाट पढी हाल बिभिन्न क्षेत्रमा काम गरिरहेका पूर्वबिधार्थीहरुको क्लब शिक्षाको उज्यालो किरणबाट बन्चित बालबालिकाको शिक्षाका लागी लाइटहाउस नेपालको सहयोगी बन्ने छ ।

frontline

एल एच एफ एन एलुमनस नाम दिइएको क्ल्बको नेतृत्व नेपालको सिमान्तकृत समुदाय बादीबाट पहिलो पटक स्नातक पास गरेका देबीसरा बादी, सुसन बादी लगायतले गर्ने गर्ने छन् क्लबले आफ्नो काम अधि बढाउदै छिटै नै देशका बिभिन्न क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत रहेको जानकारी क्लबले दिएको छ

लाईट हाउस फ़ाउन्डेशन का अध्यक्ष बिजय लामाको अध्यक्षता संचालन भएको कार्यक्रममा लाइट हाउसका संस्थापक राजु सुन्दासले आधुनिक युगमा समुह निर्माण तथा सहकार्यको उपयोगीता बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा पूर्वबिधार्थीहरु एस्तर बादी ,एलिना बादी ,सुसन बादी , देबीसरा बादी लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here