नेपाली महिला कबड्डी टोलीले दोस्रो खेल बंगलादेशसँग खेल्दै
चीन : चीनमा जारी छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेल आज बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको यो खेल चिनियाँ समयअनुसार दिउँसो ४ बजे र नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उता बंगलादेशले पनि आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ५१–३४ ले हराएको थियो।
आजको खेल जितेमा नेपालले प्रतियोगितामा कम्तीमा कास्य पदक जित्ने पक्का हुनेछ।






प्रतिक्रिया दिनुहोस्