धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ५ लाखबढी नगद बरामद

सुनसरी :  सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले बिहिवार राती धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भीषणबाबू राईले बताएका छन्।

उनले पक्राउ परेका जुवाडेको साथबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद, १२ थान मोबाईल र  १२ बुङ तास बरामद गरिएको बताए। प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सन्जुहाङ लिम्बुसहित ११ जनालाई पक्राउ गरेको छ। 

frontline

पक्राउ पर्नेमा धरान–१६ जोरसखुवाका ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेको डिएसपी राईले बताए। पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here