जोखिम बस्तीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण

काठमण्डु । सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् ।

गएरातिको अविरल वर्षातले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्‍याएको थियो ।

frontline

उनले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका हुन् ।

यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

सो अवसरमा महानिर्देशक थापाले केही दिनभित्रै सडक सुचारु गरिने जानकारी दिए ।

भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here