जेनजी वर्ष दिन: बालेन कसैलाई फेस गर्नै चाहँदैनन्-सहिद परिवार
‘वर्ष दिन पुग्यो। दिन फर्केजस्तै ऊ पनि फर्किएर आइदिए हुन्थ्यो जस्तो लाग्छ।’
जेनजी आन्दोलनमा ज्यान गुमाएका सन्तोष विश्वकर्माकी श्रीमती अमिकाले यसो भनिसक्दा उनका टिलपिल आँखाबाट आँसुका ढिका बाहिर हामफालिसकेका थिए।
रुँदै उनले अबोध छोरीले गरिरहने जिद्दी सुनाइन्, ‘भगवानको घरमा भए पनि बाबाको फोन लाग्छ होला। बाबालाई फोन गर्नु न। फोन उठाउनुहुन्छ होला बाबाले भन्छिन् सानी छोरी।’
गत वर्ष भदौ २३ को दिन सन्तोष बिहानभरि सुन कारखानामा काम गरेर ११ बजेतिर बानेश्वरस्थित कोठामा फर्किएका थिए।
‘एकैछिन साथीहरूसँग म पनि आन्दोलनमा गएर आउँछु नि!’ सन्तोषले अमिकालाई भनेका थिए।
‘नजानु भन्दाभन्दै जानुभयो, त्यहाँदेखि कहिल्यै फर्किएर आउनुभएन,’ उनले सुनाइन्।






प्रतिक्रिया दिनुहोस्