जनकपुरमा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्षको चेतावनी :
जनकपुरधाम उपमहानगरपालिका का सुकुम्बासीहरूले लालपूर्जा माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।उनीहरूले उपमहानगरपालिका, मालपोत र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै लालपूर्जा नदिए सडक संघर्षमा जाने चेतावनी दिएका छन् । २० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाले आफूहरू विस्थापित हुने जोखिममा परेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्