गाउँ असुरक्षित बन्दै गएको चिन्ता : अपराधविरुद्ध सबै एकजुट बनौँ
ज्ञानकुमार श्रेष्ठ
अध्यक्ष, खाँडादेवी गाउँपालिका, रामेछाप
खुला आर्थिक नीति, खुला बजार, सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र भूमण्डलीकरणले हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ। आज हरेक मानिस आधुनिक भौतिक सुविधा प्राप्त गर्न चाहन्छ। तर ती सुविधा प्राप्त गर्न पैसा आवश्यक हुन्छ। मेहनत र श्रमबाट जीवन धान्ने संस्कार कमजोर हुँदै जाँदा, रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा र छोटो बाटोबाट पैसा कमाउने प्रवृत्ति बढ्दै जाँदा समाजमा विभिन्न प्रकारका विकृति र अपराधका घटना देखिन थालेका छन्।
यसको सबैभन्दा गम्भीर प्रभाव ग्रामीण समाजमा देखिन थालेको छ।
गाउँका युवा पुस्ता रोजगारी, अध्ययन र अवसरको खोजीमा विदेश तथा सहरतर्फ पलायन भएका छन्। गाउँमा प्रायः ५०–५५ वर्षभन्दा माथिका मानिस, वृद्धवृद्धा, महिला तथा एकल महिलाहरूको उपस्थिति बढी छ। जीवन धान्न कसैले दुई–चारवटा बाख्रा पाल्नुभएको छ, कसैले एक–दुईवटा खसी हुर्काउनुभएको छ। वर्षौंको दुःख र श्रमबाट जोडेको यही सानो सम्पत्ति नै उहाँहरूको जीवनको महत्वपूर्ण आधार हो।
तर आज त्यही सम्पत्ति पनि असुरक्षित हुन थालेको छ।
खाँडादेवी गाउँपालिका मात्र होइन, नेपालका विभिन्न ग्रामीण क्षेत्रमा चोरी, लुटपाट, पशुचौपाया चोरी, सुन तथा गरगहना लुट्ने, एकान्तमा रहेका वृद्धवृद्धालाई धम्क्याउने, कुटपिट गर्ने र सम्पत्ति लुट्ने जस्ता घटनाहरू बढ्दै गएको देखिन्छ। यो अवस्था ग्रामीण समाजका लागि अत्यन्तै गम्भीर र संवेदनशील विषय हो।
गाउँमा सुरक्षा दिने युवा नै छैनन्
पहिले गाउँमा कुनै समस्या आयो भने छिमेकीहरू एकअर्काको साथमा उभिन्थे। गाउँका युवाहरू राति पालो बसेर गाउँको सुरक्षा गर्थे। कसैको घरमा दुःख पर्दा छिमेकी सहय






प्रतिक्रिया दिनुहोस्