काठमाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले समाजिक सञ्जालमार्फत काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी उनले अहिले कुन पार्टीबाट वा स्वतन्त्र उठ्ने भन्नेबारे खुलाएकी छैनन् । तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

frontline

सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा मन्त्री पदमा रहँदा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । हाल उनी राजनीतिबाट निष्कृय छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here