काठमाडौँको भृकुटीमण्डपमा -नाडाअटो शो २०२६ सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ।

मंगलबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।

frontline
Tata
Futuressoft

नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए  ।

Laxmi sunrise bank

अध्यक्ष उप्रेतीले सवारी साधन अब विलासिताको वस्तु मात्र नभएर नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए।

Shivam Cement

उनले भने, “सवारी साधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा मात्र हेरिने दृष्टिकोणमा पुनरावलोकन गरिनुपर्छ। आज यो क्षेत्र १० लाखभन्दा बढीको रोजगारी र वार्षिक ९० अर्बभन्दा बढी राजस्वको स्रोत मात्र होइन, आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य कडी पनि हो।”

Asian Paints

अध्यक्ष उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरे । भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

व्यवसायमा दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अपरिहार्य रहेको उप्रेतीको भनाइ थियो। “करका दर र नीतिहरूमा पटक-पटक हुने परिवर्तनले व्यवसायीलाई योजना बनाउन कठिन हुन्छ,” उनले भने, “सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ, जसले लगानीमैत्री वातावरण सिर्जना गर्नेछ।” 

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नयाँ अवसर ल्याएको बताउँदै उप्रेतीले अब एसेम्बल उद्योगसँगै कम्पोनेन्ट (पार्टपूर्जा) उत्पादनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे। नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवर्द्धनका लागि सरकारबाट थप सहुलियत र प्रोत्साहन आवश्यक रहेको उनको तर्क थियो।

स्वच्छ ऊर्जा, नयाँ प्रविधि र चार्जिङ पूर्वाधारको विकासमा नाडाले सरकार र निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरे। 

नाडा अटाे शाेमा २०० बढी स्टल रहेका छन्। जसमा २३ चारपांग्रे, १७ वटा कमर्सियल,१३ वटा दुईपांग्रे र ७० वटा अटाे कम्पाेनेन्ट रहेने छन्। त्यसबाहेक बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स लगायतका स्टल रहने छन्। 

त्यसबाहेक, अटोमोटिभ पार्टपुर्जी, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरु समेत रहेका छन् । 

नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण  जी १ हुमनाइड राेबर्ट एन्ड जओे २ क्वाड्रप राेबाेट भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्ट रहने छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here