एम्बुलेन्समा जरायोको दुई थान सिङसहित तीन युवा पक्राउ

दाङ ।  एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको बबई गाउँपालिका वडा नं १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइला काम्दाका २२ वर्षीय विनोद वली छन्। 

frontline

पश्चिम बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद भएको एक प्रहरी अधिकारीले बताए।   

‘एम्बुलेन्समा राखेर संरक्षित वन्यजन्तुको ओखेटोपहार तुलसीपुरमा बिक्रीका लागि लगिँदै छ भन्ने गोप्य सूचनाका आधारमा हामीले राति १ बजे एम्बुलेन्स जाँच गर्ने क्रममा तीन ब्यक्ति, जरायोको टाउकोको छालासहितको दुई वटा सिङ बरामद गरेका हौं,’ ती प्रहरी अधिकारीले भने। 

पक्राउ परेकामध्ये केसी एम्बुलेन्स चालक हुन्। पक्राउ परेकाहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता, डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here