इनम सापकोटा प्रकरण : सुरक्षा क्षेत्रमा पनि तरंग
काठमाडौं : प्रहरी हिरासतमा रहेका इनम सापकोटामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीका उच्च अधिकारी र न्यायिक निकायका पदाधिकारीहरू जोडिएको पाइएपछि राज्यका सुरक्षा, प्रशासनिक तथा न्यायिक क्षेत्रमा ठूलो तरंग पैदा भएको छ।सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका सापकोटाको उच्च तहसँग पहुँच र सम्पर्क रहेको विवरण सार्वजनिक भएको छ।
पक्राउ परेका बिचौलिया सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाहको नामसमेत दुरुपयोग गरी न्यायाधीशहरूलाई फोन गर्ने, सन्देश पठाउने र मुद्दामा सेटिङ गर्ने गरेको भेटिएको छ।सापकोटासँग सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको सम्पर्क र संवाद देखिएपछि सरकारले अनुसन्धान तीव्र पारेको छ।
प्रहरी पोसाक तथा सामान खरिद प्रक्रियामा ६० करोड रुपैयाँबराबरको बजेट विवाद र घोटलाको छानबिन भइरहँदा सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि पद छाड्न दोहोरो दबाब सिर्जना गरेको स्रोतको दाबी छ।






प्रतिक्रिया दिनुहोस्