आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा आज बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म त्यही समय विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा त्यही समय विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजार क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा त्यही समय विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक १९ गते स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा त्यही समय विद्युत् आपूर्ति बन्द हुनेछ।
कात्तिक २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
हेर्नुहोस् सूची







प्रतिक्रिया दिनुहोस्