आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न अमेरिका र बेलायतको आग्रह

फ्रन्टलाइन विश्व । संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकाले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरुले अफगानिस्तानमा आफ्ना नागरिकहरुलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ। काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ।

frontline

अमेरिकाले आफ्ना नागरिकहरुलाई व्यापारिक उडानहरुबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार तालिबान लडाकुहरुले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रुपमा हेरिएको छ ।

दक्षिण–पश्चिमी अफगानिस्तानको त्यस सहर तालिबान लडाकुहरुको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ । तालिबान लडाकु समूहको अबको निशानामा दक्षिणी सहरहरु कान्दहार र लस्कर गह रहेको देखिएको छ। शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरुले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here