आई.बि.ए.का प्रधानाध्यापक सन्तोष पौडेलद्वारा राम जानकी कन्या माविका विद्यार्थीलाई कापी वितरण

श्रीकान्त यादव, रौतहट

श्री राम जानकी कन्या माध्यमिक विद्यालय मा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले आई.बि.ए.का प्रधानाध्यापक सन्तोष पौडेल द्वारा कापी वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री स्वरूप कापी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक सन्तोष पौडेलले विद्यार्थीहरूको शैक्षिक विकास र पढाइप्रति उत्साह बढाउन यस्ता सहयोगात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा मेहनती विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कापी वितरण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यालय प्रशासनले यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।
सो कार्यक्रमका अवसरमा समाजसेवी देवी यादव उर्फ देवेन्द्र अधिकारी वरिष्ठ सञ्चारकर्मी दिनेश संगम, राकेश यादव,सत्येन्द्र प्रताप सिंह बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here