हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
काठमाडौं : हुम्ला जिल्ला केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बिहानको समयमा गएको उक्त भूकम्पको धक्का स्थानीय बासिन्दाले सामान्य महसुस गरेका थिए। भूकम्पबाट परेको क्षतिको विवरण भने आउन बाँकी छ






प्रतिक्रिया दिनुहोस्