स्थानीय र प्रदेशको निर्वाचन एकचोटी गर्ने कि बेग्लै भन्नेबारे दलहरूबीचको छलफलले टुंगो लाग्छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्।

५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको विषय महत्त्वपूर्ण नभएकाले संवैधानिक जटिलता नआउने गरी काम गर्नुपर्ने उनको भनाई छ। उनले भने,‘संविधान र कानुन अनुसार ५/५ वर्षको पूरै अवधि स्थानीय र प्रदेशलाई अधिकार दिएकाले सोही अनुसार गर्नुपर्छ। पहिले संघ र प्रदेशको निर्वाचन एकैपटक पनि गरेका छौं। छुट्टाछुट्टै पनि गरेका छौं। यो बारेमा राजनीतिक दलहरुबीच अझ छलफल गरेर अर्को बैठकमा टुंग्याउने भनेका छौं।’

frontline

नेकपाका संयोजकसमेत रहेका प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको प्राविधिक र अन्य तयारीका विषयमा आयोग र दलबीच छलफल हुनुपर्ने बताएको उल्लेख गरे। उनले विदेशमा गएका नेपाली नागरिकले मतदान गर्ने वातावरण बनाउन सबै लाग्नुपर्ने बताए। उनले भने,‘विदेशमा लाखौं नेपाली भएको स्थितिमा उनीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्ने पहिले पनि भनेका हौं। सर्वोच्च अदालतले मतदान गर्ने वातावरण बनाउनुपर्छ भनेर आदेश गरिसकेको छ। आज हाम्रो छलफलमा यसमा आयोग र दलबीच मतदानको वातावरण बनाउन प्राविधिक र अन्य तयारी गर्ने भन्नेतिर पनि भएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here