सेयर बजारमा १५ अंकको वृद्धि,कारोबार रकम साढे ५ अर्बमाथि
मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १६५ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजारमा दोहोरो अंकको सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। एभरेष्ट कलरको सेयर सर्वाधिक ५.०५ प्रतिशतले बढ्यो।
मानुषी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो संस्थाको सेयर ८ प्रतिशतले घट्यो। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिए। माइक्रोफाइनान्स र अर्दश समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।






प्रतिक्रिया दिनुहोस्