शिक्षा विधेयकमा सहमति खोज्न सानेपा पुगे शिक्षामन्त्री, देउवासँग वार्ता

१६ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् ।

frontline

ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।

शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् ।

रघुजी पन्त |शेरबहादुर देउवा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here