वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभाको चुनाव गर्ने आयोगको प्रस्ताव
निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र आगामी मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेको हो ।
आयोगले गरेको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राखेका छन् ।
यसअघि ३० वैशाख २०७९ मा स्थानीय तह तथा ४ मंसिर २०७९मा प्रदेशसभाको चुनाव भएको थियो ।






प्रतिक्रिया दिनुहोस्